पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेकाे निगमले जनाएको छ । “डिसेम्बर १५ मा पनि भाउ थप बढ्ने देखियाे । अहिले नबढाउदा निगम घाटामा जाने भएकाले भाउ बढाउनु परेकाे हाे,” निगमका एक अधिकारीले भने ।
भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४/४ रूपैयाँ बढाएर पठाएकाे दाबी निगमकाे छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेकाे निगमले जानाएको छ ।