पेट्रोलियम पर्दाथको मुल्यवृद्धिका विरुद्ध बिप्लबको चक्काजाम
वाँके । सरकारले गरेको पेट्रोलियम पर्दाथको मूल्यवृद्धिका विरुद्ध नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त जनबर्गिय संगठनद्वारा आज कोहलपुरमा एक घण्टा चक्काजाम गरिएको छ।
कोहलपुर चौराहको पुर्व, पश्चिम, उत्तर, दक्षिण चारैवटा राजमार्ग बन्दगरी बिहान १० बजेदेखि ११ बजेसम्म बाँके जिल्ला लगायत देशैभरी एकसाथ चक्काजाम गरिएको अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिल्ली क्षेत्रीले रातोपाटिन्युजलाई जानकारी दिएका छन।
चक्काजामलाई सम्बोधन गर्दै नेकपा बाँके, बर्दिया इन्चार्ज दिपक चलाउनेले
सरकारले जनताको दुख दिनेगरी लुट मच्चाएको भन्दै इन्धनलगायत अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उनले माग गरेका छन।उनले मूल्यवृद्धि कुनै पार्टीको बिषय नभई आम नेपाली जनताको हकहित लागि संघर्षको नेतृत्व नेकपाले गरेको बताए ।
सरकारले मुल्यवृद्धि तत्काल फिर्ता नगरे नेकपाले फेरि संघर्षको कार्यक्रम अगाडि बढाउने बताएका छन।