पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

कास्की । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका १९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो। प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यका अनुसार उनको गएराति साढे ११ बजे मृत्यु भएको हो। स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पाइएको थियो।

मेधुमेहका समेत बिरामी ती पुरुषमा स्वास्थ्यमा थप समस्या देखिएपछि १७ साउनमा अस्पताल भर्ना भएका थिए।प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ। योसँगै कोरोनाका कारण नेपालमा हुने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button