प्रकाश सपुतको गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- डा. भट्टराई

काठमाडौँ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सुपतकोपीरगीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको टिप्पणी गरेका छन् ।

माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला भट्टराईले यस गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बरु क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ । यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button