प्रचण्डको राजनीतिक प्रतिबेदनले नेकपामा तरंग, पार्टी एकता गम्भीर मोडमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् ।

नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती भएको मुख्यमन्त्री पोखरेलले बताएका हुन् ।

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’ उनले भनेका छन् ।

उनले बैठकमा प्रस्तुत गरिएका एकल प्रस्ताव फिर्ता गरी पार्ट एकताको रक्षा गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’

शुक्रवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रचण्डले गम्भीर आरोपहरु लगाउँदै प्रतिवेदन पेश गरेका थिए जसका कारण नेकपामा तरंग उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button