प्रचण्डलाई तर्साउन नारायण काजीलाई ठोकाइ !

काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भए लगत्तै उनी सँग नारायण काजी श्रेष्ठको लेनदेन भएको आरोप लगाउँदै एक भिडियो सार्वजनिक भएको छ।

लेनदेन भएको कुनै प्रमाण नभएको उक्त भिडियोलाई नेकपाकै एउटा पक्षले जोड तोडले प्रचार गरिरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दहाल पक्षले भने यसलाई षडयन्त्रको संज्ञा दिएको छ ।

यो विषयमा नेकपाका विद्यार्थी नेता सुरेन्द्र बस्नेत भन्छन् “नेता नारायणकाजी श्रेष्ठले पूर्व सांसद कमानसिंह लामासङ गफगाफ गरेको अडियो र भिडियो राम्रोसँग दोहोराएर सुनियो ।

त्यस अडियो वा भिडियोमा न त नारायणकाजी श्रेष्ठले कसैसँग पैसा मागेको सुनिन्छ न त कसैले उहाँलाई ‘ तिमीले पैसा खान खोज्यौ अथवा तिमीले मेरो आर्थिक हिनामिना गरेऊ ‘ भनेर भनेको नै छ ।

बरु नेताका हिसाबले कमरेड नारायणकाजीले आफूसँग नजिक रहेका पार्टीका जिम्मेवार कमरेडहरूका बिचमा उत्पन्न व्यावसायिक असमझदारीलाई मिलाउन प्रयास गर्ने सन्दर्भमा ‘ तपाईँहरू दुवै पक्ष मेरो परिवार जस्तै हो मिल्नुस् र मिलाउनुस् ‘ भनेको सुनिन्छ ।

गलत नियत र उद्देश्यका साथ आएको यो अडियले कमरेड नारायणकाजीलाई बदनाम गराउने एउटा झिनो प्रयास बाहेक अरू केही पनि होइन भन्ने स्पष्ट रूपमा बुझ्न सकिन्छ।

त्यसैले यस वाट कोही दिग्भ्रमित हुनु जरुरी छ जस्तो लाग्दैन ।”

अन्तिम झन्डा नारायण काजीले नै ओढाएका थिए 

नारायण काजी श्रेष्ठ एकता केन्द्रका प्रमुख नेता थिए भने कमान सिङ लामा उनका अत्यन्तै निकट सहकर्मी थिए ।

यो सम्बन्ध एकता केन्द्र बाट एकता केन्द्र मसाल , नेकपा (माओवादी) हुँदै नेकपा बन्दा सम्म पनि जीवितै थियो ।

त्यसैले उनी व्यावसायिक होस वा पारिवारिक सबै समस्यामा नारायण काजीको कुरा सुन्थे। त्यो भिडियो पनि त्यसकै प्रमाण हो र अन्तिममा कमानलाई झन्डा ओढाएर बिदा गर्ने पनि नारायण काजी नै हुन।

उनै नारायण काजीलाई मित्र वियोगको शोकमा परेको बेला , कमान सिङको अनुपस्थितिमा उनलाई नै हतियार बनाएर चरित्र हत्या गर्ने प्रयास गरिएको नेकपाका एक नेता बताउछ्न ।

नारायण काजी माथि ओली गुटको आक्रमण किन ?

प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्न पार्टी भित्र बहुमतले दबाब दिए पछि ओलीले प्रधानमन्त्री र अध्यक्ष भएकाहरू दोहोरिन नहुने तर्क गर्न थाले ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले आफूहरू भन्दा दश वर्ष कम उमेरका अर्थात् साठी वर्ष उमेर समूहमा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका थिए ।

उनको तर्क अनुसार एक पटक अध्यक्ष भैसकेका मानिस नदोहोरिने हो भने बहुमतको तर्फ बाट दाबेदार बन्न सक्ने मानिस नारायण काजी मात्रै हुन ।

उता प्रधानमन्त्री ओलीको कित्तामा एक पटक अध्यक्ष र प्रधानमन्त्री दुवै नभएका साठी वर्ष वरि परिका तिन जना मानिसहरू सचिवालयमै छन् ।

बहुमत पक्षले नारायण काजिलाई अगाडी सारेर ओलीकै प्रस्ताव मानेको खण्डमा अध्यक्षबाट तत्काल हात धुनु पर्ने अवस्था रहेकाले उक्त पक्षले नारायण काजीलाई जसरी भए पनि कमजोर बनाउने रणनीति बनाएको नेकपाका एक केन्द्रीय सदस्य बताउछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button