प्रचण्डसहित ५ नेताले ओलीलाई भेटेर बैठक बोलाउन माग गरे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ सचिवालय सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर नेकपा नेताहरुले प्रधामन्त्री ओलीलाई तत्काल बैठक बोलाउँन लिखित माग गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए।

नेताहरुले ओलीसमक्ष तत्काल पार्टी कमिटीका बैठकहरु राख्न लिखित रुपमै आग्रह गरेका थिए। दुई दिनभित्र सचिवालय बैठक राख्न बहुमत सदस्यले माग गरे पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै जवाफ नदिएको बताइएको छ।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकले प्रम ओलीलाई भेटेर लिखित आग्रह गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button