प्रचण्ड नेपाल पक्ष बिद्यार्थी संगठनकाे आज देशभर आधाघन्टा चक्काजाम

काठमाडाैं । प्रतिगमनका बिरूद्ध भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह निकट (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी) अनेरास्ववियूले बुधबार देशभरका क्याम्पस अगाडि आधाघन्टा चक्काजाम गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम’ भन्दै आन्दोलनरत अनेरास्ववियूले बुधबार चक्काजामसहित विरोध प्रदर्शन गरेको हो ।

आज देशभरका क्याम्पसहरु अगाडी चक्काजाम गर्ने संगठनका नेता सुरेन्द्र बस्नेतले बताए । बस्नेतले प्रतिगमनका बिरुद्ध देशभरिका क्याम्पस अगाडीको सडकमा ३० मिनेट चक्काजाम गर्ने कार्यक्रम रहेको बताए ।

त्यहि अनुसार बिद्यार्थीहरुले कतिपय क्याम्पसहरुमा अगाडि बिहानै चक्काजाम र बिरोधसभा गरिसकेका छन् । भने बाँकी अन्य कलेजहरुमा पनि बिभिन्न नेताहरुको नेतृत्वमा आधा घण्टा चक्काजामपछि बिरोधसभा कार्यक्रम गरिने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button