प्रचण्ड-माधव नेपालबीच भेटवार्ता, कर्णाली बिवादबारे छलफल

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्डनिवास खुमलटारमा भएको भेटवार्तामा कर्णाली प्रदेशको विवाद गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविस्वासको प्रस्ताव ल्याएपछि विवाद चर्केको छ ।
विवाद समाधानका विषयमा हिजो प्रचण्ड र नेकपाका अर्का अध्यक्ष केपी ओलीबीच पनि छलफल भएको थियो ।त्यस्तै ओली र नेपालबीच पनि हिजै दुई घन्टा लामो छलफल भएको थियो ।