प्रचण्ड–माधव पक्षको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् ।
बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।
भोलि विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने दाबी गरिरहेको छ ।