प्रतिनिधिसभाको बैठक १३ चैतसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत १३ सम्मका लागि स्थगित हुने भएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान गरिएको थियो । कोरोना भाइरसका कारण प्रतिनिधिसभा बैठक सरे पनि राष्ट्रियसभाको बैठक भने भोलि पनि बस्दै छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । राष्ट्रिय सभाले सरकारको सो आग्रह अटेर गर्दै बैठक बसेपनि प्रतिनिधिसभा भने स्थगित हुने भएको हो ।