प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी कार्यसूचीमा परेको छैन।
संसद सचिवालयले शनिबार सार्वजनिक गरेको संभावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन। संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७र०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ। सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन।