प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले आज सोमबार १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।
कांग्रेसले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । जसमा क्षेत्र नम्बर १ मा नयाँ बानेश्वरको एभरेष्ट होटलअगाडि, २ मा कोटेश्वर चोक, ३ मा जोरपाटी चोक, ४ मा नारायण चौर नक्साल, ५ मा नारायण गोपाल चोक, ६ मा मनमैंजु लोकतान्त्रिक चोक, ७ मा बालाजुचोक, ८ मा बसन्तपुर डबली, ९ मा कलंकी चोक र १० मा कीर्तिपुर बजार रहेका छन् ।
सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।