प्रतिनिधि सभा विघटनः रिट निवेदक पक्षको बहस सकियो, विपक्षीको भोलिदेखि

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन पक्षको बहस सकिएको छ ।
रिट निवेदक तुलसी सिम्खडाको बहससँगै रिट निवेदक पक्षको बहस सकिएको हो । अब भोलिदेखि सरकारी निर्णयको पक्षमा अर्थात् प्रतिनिधि सभा विघटनको पक्षमा बहस हुनेछ ।
गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ रिट निवेदन परेका थिए ।
त्यसमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । सुरुमा रिट निवेदनको पक्षमा अधिवक्ताहरुले बहस गरेका थिए ।