प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दैछन् । प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘त्यो माघ १९ यो माघ १ । त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहीँ । आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौँ । जय नेपाल !’

पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन्। ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button