अब पनि लकडाउन बढाए सामाजिक द्वन्द्व बढ्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गठन गरेको लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिले अब लकडाउन खुकुलो बनाउँदै अघि बढ्न सुझाव दिएको छ ।

समितिले पार्टीका सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
“सरकारले पूरै देश लकडाउन गर्दा पनि समस्या समाधान हुनुको सट्टा बढ्दै जानुको एउटै कारण खुला सिमाना र अव्यवस्थित तयारी नै हो । अझै पनि बिना कुनै योजना लकडाउन बढाउँदै जाने हो भने सामाजिक द्वन्द्व बढ्ने निश्चित छ । अब यो अवधिको लकडाउन सकिएपछि आवश्यक सुरक्षा अपनाउँदै लकडाउन खुकुलो पार्नुपर्छ ।”

नेपाली कांग्रेसका सांसद समेत रहेका उद्योगी विनोद चौधरीको नेतृत्वमा समिति गठन भएको थियो । समितिले सभापति देउवालाई सो प्रतिवेदन आइतबार बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button