प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

३६ जना प्रदेशसभा सदस्य (सांसद)को हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

प्रदेश मन्त्रिपरिषदका निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको अविश्वासको प्रस्तावमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी समर्थक छन् ।

१ नम्बर प्रदेशसभामा ९३ जना सांसद छन् । जसमध्ये नेकपाका ६७ जना सांसद रहेका जनाइएको छ । नेकपा विभाजनसँगै प्रदेश नम्बर १ मा पनि त्यसको असर देखिएको हो ।

प्रदेश नम्बर १ मा नेकपाको प्रचण्ड–नेपाल समूहका ४४ जना सांसद रहेका जनाइएको छ भने ओली पक्षमा २३ जना सांसद रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button