प्रदेश प्रमुखहरूद्वारा शपथ ग्रहण

काठमाडौं । प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रमुखहरुले राष्ट्रपति भवन शितलनिवासमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारको सिफारिसमा नियुक्त भएकी गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरू सीताकुमारी पौडेल र धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलार्ई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोही बमोजिम मंगलबार नै राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए।