प्रदेश प्रमुख शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष सुवेदीबीच भेटघाट तथा छलफल

मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्माज्यू र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदी ज्यूका बीचमा आज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ ।

भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराउनुभयो ।

अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गर्नुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह पनि गनुभयो ।

सो अवसरमा प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै खुशी व्यक्त गरियो । उहाँले आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो ।

भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button