प्रदेश सभाको निर्वाचनमा पराजित दावालाई मन्त्रीको चिट्ठा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा पराजित उम्मेद्वारलाई मन्त्रीमा शपथ खुवाएका छन् ।

सिन्धुपाल्चोकमा अधिकांश नेताहरू प्रचण्ड माधव क्याम्पतिर लागेपछि पूर्व माओवादीका दावा लामालाई केन्द्रीय मन्त्रीको चिट्ठा परेको छ ।

दावा प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका निमा लामासँग पराजित भएका दावा पूर्व माओवादी भए पनि ओली क्याम्पमा नै थिए ।

सिन्धुपाल्चेाकमा वाम गठबन्धनविरुद्ध काँग्रेसका निमा लामाबाहेक अरु दुई क्षेत्र र तीन प्रदेश नेकपाले जितेको थियो। ती सबै नै प्रचण्ड माधव समूहमा भएपछि ओलीले दावालाइ मन्त्री वनाएका हुन् । सिन्धुपाल्चोकबाट माओवादीबाट जितेका अग्नी सापकोटा सभामुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button