प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावमाथि संसदमा मतविभाजन शुरु

प्रदेश नम्बर ५ को नामांकन स्थायी राजधानी तोक्ने सम्बन्धमा सरकारले प्रदेशसभामा निर्णयार्थ पेश गरेको प्रस्तावमाथि हस्ताक्षरसहितको मत विभाजन प्रक्रिया शुरु गरिएको छ ।
सोमबार निर्णयार्थ पेश भएको प्रस्तावलाई पारित गरियोस् भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले मंगलबारको बैठमा पेश गरेका छन् ।
मन्त्री केसीले प्रस्ताव दर्ता गरेपछि प्रदेश सभामा हस्ताक्षरसहितको मत विभाजन प्रक्रिया शुरु भएको छ ।