प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

संघीय संसद सचिवालयमा ९५ जना सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।

सरकारमा रहेका दलले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेस सचेतक पुस्पा भुसाल, माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङ र नेकपा एकिकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button