प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई नेपाल बारले गर्यो स्वागत

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे ।

प्रधानन्यायाधीश मात्रै नभई अन्य न्यायाधीशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न उनले सुझाव दिए । न्यायपालिका सुधार भए अन्य बिषयलाई सुधार गर्न सकिने उनले बताए ।

श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालिकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्वित प्रधानन्यायाधीश भएको बताए । उनले अर्को प्रधानन्यायाधीशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार ।

त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button