प्रधानमन्त्रीसहित ४ पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित स्वयंम उपस्थित हुन सर्वोच्चको आदेश

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।
आदेशमा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न भनेको छ।
रिटमाथि सुनुवाईपछि बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न जारी भएको हो ।
प्रधानमन्त्री केपी ओली,पूर्व प्रधाननन्यायाधीशहरु मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।




