‘प्रधानमन्त्री ओलीको मिथ्या प्रचारको दोष मिडियाले लिँदैन’

दाङ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निराधार आरोप र मिथ्या प्रचारको दोष मिडियाले नलिने प्रश्ट पारेका छन ।

महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पोख्रेलले फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने क्रममा नेपाली मिडियालाई लगाएको आरोप कपोकल्पित भएको टिप्पणी गरेका छन ।

उनले कोरोनाविरुद्धको लडाईमा नेपाली मिडियाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै ओलीले भनेझैं मिडियाले सरकारविरुद्ध प्रचारको बेमौसमी बाजा नबजाएको दाबी गरेका छन ।

बेथितिकाविरुद्ध नेपाली मिडियाले सधैं कलम चलाएको स्मरण गर्दै उपाध्यक्ष पोखरेलले कोरोनाबारे अफवाह फैलन नदिने नेपाली मिडिया सधै प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीको सम्बोधनमा मिडिया र पत्रकारलाई कठिन समयका लागि विशेष प्याकेज घोषणा गरिएपनि त्यसो हुन नसकेको भन्दै पोखरेलले मिडियाका कठिनाई सम्बोधन गर्न माग समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button