प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रपरिषद्मा सदस्यहरु थपेका छन्।
बालुवाटार स्रोतका अनुसार अोलीले पाँच जना व्यक्तिलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
उनीहरुलाई आजै राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर साढे ७ बजे शपथग्रहण गराउने तयारी छ।
तत्कालिन नेकपाको प्रदेश नं २ को इन्जार्च समेत रहेका प्रभु साहलाई पनि प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेका छन्। उनलाई श्रममन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादी नेता साह प्रचण्ड समूहका नेता हुन।
सत्ताधारी नेकपा अनौपचारिक रुपमा विभाजित भएसँगै माधव-प्रचण्ड समूहमा लागेका उनी दुईअध्यक्षीय प्रणालीप्रति फरकमत राखेका थिए । सोही कारण उनले ओलीको साथ रोजेको बताइएको छ।
यस्तै, प्रचण्ड समूह छाडेर आएका टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मणि थापालाई पर्यटनमन्त्री, दावा लामालाई शिक्षामन्त्री र गौरीशंकर चौधरीलाई खानेपानीमन्त्रीको जिम्मेवारी दिइएको छ। उनीहरु सबै पूर्वमाओवादी समूहका हुन् ।