प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठक बस्नु पूर्वनै मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि तोकिएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।
गत कात्तिक २८ गते बसेको पार्टी बैठकले आजै दिउँसो १ बजे अर्को सचिवालय बैठक राख्ने निर्णय गरेको थियो । ‘नियमित मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार हुने गरेको छ ।