प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटका लागि शितल निवास पुगेका छन्।

सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन। नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ।

नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच आरोप(प्रत्यारोपको पत्र पेश भएको थियो।

पार्टी सचिवालयका पाँच नेताले लिखित रूपमै बैठक माग गरेपछि मात्र ओलीले सचिवालय बैठक राख्न स्वीकृति दिएका थिए।

पार्टीभित्रको विवाद चुलिएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न गएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button