प्रधानमन्त्री ओली राष्ट्रपतिसँग २ घण्टा छलफल गरेर फर्के

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्।

शनिवार साँझ प्रधानमन्त्री ओलीले करिब २ घण्टा छलफल गरेका हुन। दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेर फर्केका छन्।

भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन। नेकपाभित्र विवाद चुलिएका बेला राष्ट्रपतिसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको पत्र पेस भएको छ। प्रचण्डले पेस गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् ।

राष्ट्रपति भण्डारीले नेकपा विवादमा चासो राख्दै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button