प्रधानमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो चरणका खेल सकियो

चितवन /  चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता-२०७७ को राउण्ड अफ १६ मा त्रिुभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका प्रिन्स दाहाल पुगेका छन् ।

प्रतियोगितामा बिहीबार रत्नले नवलपरासीका रोशन कुमाललाई २१।१४, २१।१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१।५, २१।९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्नर प्रिन्सले भोली हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन् ।

रत्नमाथी लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधी चुमेका प्रिन्स यस प्रतियोगितामा पनि उक्त बिजयलाई निरन्तरता प्रदान गर्ने जोशका साथ कोर्टमा उत्रेका छन् । प्रतियोगिताका लागि तयारी गर्ने क्रममा प्रशिक्षण दौरान खुट्टामा हल्का चोट बोकेका रत्नजित केहि असहज महशुस गरी रहेका छन् ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन् ।

दिपेशले कैलालीका देवराज रानालाई २१।१६, २१।८ ले, बिकासले सेनाका आयुष्मान नागरीलाई २१।१३, २१।९ले र नविनले एनआरएनए दुवईका साहिल चन्दलाई २१।११, २१।१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यसैगरी सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी पनि बिहिबारको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

चन्दले परासीका डोलराज मगरलाई २१।८, २१।१७, क्षेत्रीले रामनगरका दिपेन्द्र चेपाङ्गबाट वाक ओभर, बोसले आफ्नै क्लबका सुुजन थापालाई २१।१६, २१।१५, महर्जनले चन्द्रगढीका अखिल श्रेष्ठलाई २१।१३, २१।१९, अन्सारीले धन्वन्तरीका ककेश सत्यालबाट वाक ओभर, बलमे एपिएफका सुमन लिम्बुलाई २२।२०, १९।२१, २१।१९, शंकरले सुनसरी ब्याडमिन्टन एकेडेमीका दिवल लिम्बुलाई २१।११, २१।१०, सेढाईले बाराका रामकृष्ण श्रेष्ठलाई २१।११, २१।१५, रुकेशले बाँकेका विलाल वार्सीलाई २१।१२ को समान अन्तरले, कठायतले सेनाका गोकुल जोरालाई २१।१३, २१।११ र गिरीले रुपन्देहीका प्रतिक अर्याललाई २१।२३, २१।११, २१।११ ले पराजित गरेका हुन् ।

प्रतियोगिताको दोश्रो दिन भएको महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ्ग नेपाल नम्बर एक भोजपुरकी नङ्गसल देवी तामाङ्गलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छिन् । जेशिकाले नङ्गशल माथि २१।१४, २१।१३ को समान अन्तरले पराजित गरिन् ।

भर्खरै सिराहाको गोलबजारमा आयोजनामा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि जेशिकाले नङ्गशललाई पराजित गरेकी थिईन् । यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरीका मनिषा खड्कालाई २२।२०, २१।१५ले, सेनाकी अनुमाया राईले एपिएफकी शोभा गौचनलाई २१।१३, २१।११ले, कैलालीकी प्राथना देउवाले कैलालीकी प्रियानसी बमलाई २१।५, २१।६, सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजबंशीले वुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१।१०, २१।७, सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डङ्गोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१।६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१।१६, २१।१२ ले पराजित गरे ।

छात्र यु १७ तर्फको प्रतिस्पर्धामा सुनसरी ब्याडमिन्टन एकेडेमीका बिनय चौधरी चितवनका सोहन गुरुङ्गलाई २१।२, २१।७ले पराजित गर्दै अन्तिम सो-हमा स्थान बनाउन सफल भएका छन् । यसै गरि जेष्ट ब्याडम्निटन एकेडेमीका अमन महर्जनले बर्दियाका सचिन चौधरी माथि २१।९, २१।१२को जित निकाले । यस्तै कञ्चनपुरका विवेक चौधरी, बुटवल ब्याडमिन्टन क्लबका बिवेक न्यौपाने, सुर्खेतका नरेन्द्र बमले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

विवेक चौधरीले नवलपरासीका रोशन कुमाललाई २१।१९, १७।२१, २१।१६ले, न्यौपानेले कपिलबस्तुका साजन कुँवरलाई १८।२१, २१।१७, २१।१२ र बमले सेनाका डेभिड थापामगरलाई २२।२०, २१।१७ ले पराजित गरेका हुन् ।

यस्तै राष्ट्रिय २० बरियता बाहेकका पुरुष युगल तर्फको खेलमा ललितपुरका प्रदीप महर्जन र रदिप महर्जनको जोडीले जित निकाल्यो । महर्जन जोडीले बर्दियाका एक नारायण अधिकारी र सचिन चौधरीको जोडीलाई २१।१२ को समान अन्तरले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।

यसै गरि साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडीले कास्कीका ईशान खड्का र आशिष श्रेष्ठको जोडीलाई २१।१७, २१।१०, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडीले एनआरएनए र कञ्चनपुरका शाहिल चन्द र बिवेक चौधरीको जोडीलाई २१।१३, २१।१७ ले, नवलपरासीका अक्षय क्षेत्री र राजाबाबु शर्माको जोडीले रुपन्देही र दाङ्गका प्रतिक अर्याल र हिमांशु कवार मगरको जोडीलाई २१।१३, २०।२२, २१।१६ले, बुटवल ब्याडमिन्टन क्लबका सुशिल गिरी र बिवेक न्यौपानेको जोडीले घनगढीका बिनोद लम्साल र भिषन श्रेष्ठको जोडीलाई २१।७, १९।२१, २१।९ले, बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले सुर्खेत र बाँकेका नरेन्द्र बम र शिव थापाको जोडीलाई २०।२२, २१।१७, २१।१८ ले तथा कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीले बाँकेका रियाज अन्सारी र सहरोज अन्सारीको जोडीलाई २१।१६, २१।१० को अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button