प्रधानमन्त्री शितलनिवासबाट बाहिरिए, वैशाख २३ मा चुनाव गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिस गरेका छन् ।
प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिस गरिएको स्रोतले जनाएको छ ।
राष्ट्रपतिलाई संसद विघटन र चुनाव सिफारिस गरेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले आज विहान आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए भने त्यसलगत्तै शितलनिवास पुगेका थिए ।