प्रहरीका २ जना डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६ सय २० पुग्यो

काठमाडौं । नेपाल प्रहरीका २ जना नायव महानिरीक्षक (डीआईजी)मा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जका २ जना डीआईजीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । हालसम्म प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकसहित ३६ जना कर्मचारीमा संक्रमण देखिएको छ ।

देशभर गरी हालसम्म नेपाल प्रहरीका ६ सय २० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४० जना भने संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रहरी कर्मचारीमध्ये हाल देशभर ३ सय ८० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका मात्रै १ सय ५५ जना छन् । यस्तै, काठमाडौं उपत्यकामा अन्य ३०, प्रदेश १ मा २३, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा २२, प्रदेश ५ मा ५४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ जना प्रहरी कर्मचारी संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button