प्रहरी दिवसको अवसरमा बैतडीसहित सुदूरपश्चिमका ४ प्रहरी अधिकृत पुरस्कृत

६५ औं प्रहरी दिवसको अवसरमा बैतडीका प्रहरी प्रमुखसहित सुदूरपश्चिमका ४ जिल्लाका प्रहरी प्रमुख पुरस्कृत एवं सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेहरुमा संघीय प्रहरी इकाई कैलालीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक नलप्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक मुकुन्द मरासैनी, जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी र जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापा रहनुभएको छ ।

यसका साथै प्रदेशभरीका विभिन्न जिल्लामा रहेका दंगा,ट्राफिक, गुल्ममा कार्यरत अन्य २३ जना प्रहरी पनि सम्मानित एवं पुरस्कृत हुनुभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ नेपाल प्रहरीको नीति नियम भित्र रहेर बर्षभरी गरेको कार्यमूल्यांकनको आधारमा छनौट गरि नगदसहित सम्मानित गरिएको हो ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button