प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा

काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । आफूले बोर्डसमक्ष राजीनामा पेश गरेको श्रेष्ठले जनाएका छन् ।
‘प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट मैले आज बोर्ड समक्ष राजीनामा पेश गरेको छु’ उनले भनेका छन्,‘बोर्डले आजै ऐन, कार्यविधी, नजिर र सर्वोच्च अदालतको आदेशसमेतको सम्मान गर्दै नयाँ जिम्मेवारीमा वरिष्ठ सदस्यमा गोपाल बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।’ श्रेष्ठले तीन वर्ष साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।