फ्लोर क्रस प्रकरणः माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई कारवाही गर्ने बताएको छ ।
सोमवार बसेको केन्द्रीय कमिटी बैठकले अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एक केन्द्रीय सदस्यका अनुसार प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायतलाई अन्तिम चेतावनीपुर्व स्पष्टीकरण सोधिने बताइएको छ ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्नेछ। कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताको भनाई छ ।