बंगलादेशकी प्रधानमन्त्री हसिनाको हत्या प्रयासमा संलग्न १४ जनालाई मृत्युदण्ड

एजेन्सी । बंगलादेशको ढाका अदालतले १४ कट्टरपन्थी इस्लामी लडाकुलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास प्रकरणमा ढाका अदालतले यस्तो फैसला गरेको हो । प्रधानमन्त्री हसिनाको पहिलो कार्याकालमा दुई दशकअघि हत्या प्रयास भएको थियो ।

ढाकाको एक विशेष अदालतले ९ अभियुक्तको उपस्थितीमा मंगलबार उक्त मुद्धाको फैसला सुनाएको हो । अन्य ५ अभियुक्त भने अझै फरार छन् । अभियुक्त सबै बंगलादेशमा प्रतिबन्धित लडाकु समूह हर्कत उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध छन् ।

उक्त बम काण्ड प्रधानमन्त्री हसिनाको धर्मनिरिपेक्ष अडानका विरुद्ध गरेको बताइन्छ । त्यतिबेला हुजीले मुस्लिम बाहुल्य रहेको बंगलादेशमा कडा इस्लामीक कानून् स्थापना गर्ने विषयमा वकालत गरिरहेका थिए ।

एक कलेजमा भएको कार्यक्रमा प्रधानमन्त्री हसिनाले सम्बोधन गरिरहेका बेला लडाकुहरुले राखेका दुइवटा बम पत्ता लगाएर निष्क्रिय पारिएको डि डब्ल्यु डट कमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button