सार्वजनिक बसको भाडा बढ्यो, उपत्यकाको न्युनतम भाडा कति ?

बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक यातायातको भाडा बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश अन्तरगतका रुटमा सरदर २३ प्रतिशतका दरले भाडा बढाएको हो।
उपत्यकाको हकमा भने अब न्युनतम भाडा १८ रुपैयाँ कामय गरिएको छ। मन्त्रालयका अनुसार उपत्यकाभित्र ५ किलोमिटरको भाडा १८ रूपैयाँ तोकिएको छ। यस्तै १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७ रूपैयाँ, २० किलोमिटर सम्मको ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी दूरीको २५ रुपैयाँ तिर्नुपर्छ।
प्रदेश सरकारले उपत्यकाबाट प्रदेश अन्तरगतका १३ जिल्लासम्म पुग्ने मुख्य मुख्य रुटको भाडा समेत निर्धारण गरिदिएको छ।