बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

बर्दिया – यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिवार दिउँसो ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले जानकारी दिए।

थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button