बस चढ्ने यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने

२ कार्तिक २०७७ । सरकारले सार्वजनिक यातायातमा यात्रा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ।
अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले बताएका हुन्।
उनले यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको बताए। यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button