बहराइनका राजकुमार हिमाल चढ्नका लागि नेपाल आइपुगे

काठमाडौं । कोरोना महामारीका बीच बहराइनका राजकुमारसहितको टोली हिमाल चढ्नका लागि नेपाल आईपुगेको छ।

राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली आज बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

उक्त टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणको गर्ने छ। राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोलीलाई परराष्ट्रका अधिकारीहरुले स्वागत गरेका थिए।

तस्बिर : मिङ्‍मा शेर्पा

फ्लाइटबाट बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक पनि नेपाल आइपुगेका छन्।

मन्त्रिपरिषद्को बैठकले सुरक्षा मापदण्ड पालना गर्ने गरी हिमाल आरोहण गर्नको लागि बहराइनका राजकुमारको टोलीलाई अनुमित दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button