बाँके जिल्लाव्यापी प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न

यमु कडेल, बाँके । कोहलपुर नगर बुद्धिचाल संघको आयोजनमा प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
बुद्धिचाल प्रतियोगिता कोहलपुर ११ न्युरोडस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा शनिवार सम्पन्न भएको हो ।
संसारभर फैलिएको कोरोना सन्त्रासले अपनाउनु पर्ने सजगता कारण उत्पन्न प्रतिकुलताका वावजुद पनि प्रतियोगितामा ४५ जना प्रतिस्पर्धिहरुले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम मदन वलि, दोस्रो सुरेश चौधरी, तेस्रो केशर वली लगायत १७ जना बिजेता छनौट हुनुभएको थियो । बिजेतालाई प्रमाणपत्रसहित नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरीले वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै राखेपका सदस्य चौधरीले बुद्धिचाल खेल क्षेत्र सानो भएपनि यस खेलबाट धेरै राम्रा खेलाडीहरु उत्पादन हुने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले यस खेलबाट अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्न राखेपको तर्फबाट नीतिगत सहयोग र स्थानीय पालिकासँगको समन्वय गर्न आपूmले भुमिका खेल्न प्रतिबद्ध व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोहलपुर नगर बुद्धिचाल संघका अध्यक्ष संगम पोख्रेलले कोरोना महामारीको त्रासको कारणले गर्दा खेलाडीहरुमा मनोबैज्ञानिक असर पर्न गइरहेको अवस्थालाई चिर्दै, व्यक्तीको मानसिक अभ्यास हुने वैज्ञानिक तथ्य र सत्यका आधारमा यस प्रतियोगिताको आयोजना गरिएको बताए ।
उहाँले एउटा समाजमा उपेक्षित रहेको खेल जगतलाई अग्रगमनतर्फ लैजान सदैव अग्रसर रहने भएकोले यस अभियानमा सहयोग गर्न सबै सरोकारवाला निकायलाई अपिल समेत गर्नुभयो ।