बागलुङका लागि उडेको गृहमन्त्री सवार हेलिकोप्टर पोखरामा रोकियो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ७ र ९ मा बाढी तथा पहिरो पीडितका लागि राहात बोकेर गएका गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली चढेको हेलिकोप्टर पोखरा फर्किएको छ ।

गृहमन्त्री बादलसहितको टोली बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी तथा पीहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेकामा खराब मौसमका कारण स्याङ्जाबाट पोखरा फर्किएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

गृहमन्त्री थापा सहितको टोली अहिले पोखरा विमास्थलमा रोकिएको छ । मौसम खुलेपछि मात्रै बागलुङतर्फ जाने भट्टराईले जानकारी दिए ।

गृहमन्त्री थापासँगै संघीय सांसद एवम् नेकपा नेता देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोखरेल लगायत बाढी प्रभावित क्षेत्रतर्फ लागेका थिए ।

अविरल वर्षासँगै सुर्कुदुङस्थित भुजी खोलामा आएको बाढीले बुधबार राति ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय क्षेत्रमा रहेका घर बगाउँदा ८ जनाको मृत्यु भएको छ ।

बाढीले करिब १३ जना बेपत्ता भएका खुलेको छ । बाढीले बगाएकामध्ये ८ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेकामध्ये १ जना मृतकको पहिचान खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button