बानेश्वरमा प्रचण्डपक्षीय नेताहरुको भेला हुँदै

काठमाडौं। प्रचण्ड पक्षले आज आफूपक्षीय नेताहरूको भेला बानेश्वरमा हुँदै छ ।
आज प्रचण्ड पक्षले दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको हो । त्यस्तै आजै दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत प्रचण्ड पक्षले बोलाएको छ ।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
यसपछि बसेको प्रचण्ड माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ भने कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ । ओलीको कदमविरुद्ध काँग्रेसले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।