बार एशोसिएशनले आजबाट पुनः भौतिक रूपमा आन्दोलन गर्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत नेपाल बार एशोसिएशनले आजबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ ।

एशोसिएशनले शनिवार एक विज्ञप्ति जारी गर्दै आजदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो ।

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन र प्रधानन्यायाधीश जबराको राजीनामा हुनुपर्ने माग राख्दै आएका छन् ।

बारले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट गर्दै आएको विरोधका कार्यक्रम अब भने भौतिक रूपमै गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button