बालुवाटारमा ओलीपक्षीय नेताहरुको भेला

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् ।

सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला डाकेका हुन् ।

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

यसपछि बसेको प्रचण्ड माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ भने कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button