बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

बालुवाटारमा निधारित समयमा भन्दा १ घन्टा ढिलो गरि बैठक सुरु भएको हो । बैठक १२ बजेका लागि बोलाइएको थियो ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय हुनसक्ने एक मन्त्रीले बताए । हाल २१ मन्त्रालय छन्। संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि सत्तारुढ दलका दुई अध्यक्षबीच छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गैठन र मन्त्रालय फुटाउने बारेमा छलफल भएको थियो ।

स्रोतका अनुसार मन्त्रीहरु फेर्ने विषयमा भने दुई अध्यक्षबीच कुनै सहमति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button