बाह्रबिसे नगरपालिका–१ मा कांग्रेसका आङदोर्जे बिजयी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकको १०३ वडा मध्य नेपाली कांग्रेसले बाह्रबिसे नगरपालिका–१ मा प्यानलसहित बिजयी भएर खाता खोलेको छ ।
बाह्रबिसे नगरपालिकाको-१ घोर्थलीमा अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर प्यानलसहित बिजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजय भएका छन् ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–कांग्रेसको झडपले लामो समय रोकिएको मतदान सर्वदलीय सहमतीपछि शुक्रवार पुनः सुरु गरिएको थियो । सो वडामा ९२७ मतदातामध्ये भारी मतल ल्याएर शेर्पा बिजयी भएका छन् । बिजयी शेर्पाको समूहलाई स्थानीयले अबिर र दोसल्ला मालाले सम्मान गरेका छन् ।