बिकाशले ‘एकै नजरमा’ मा मनपराए बिनालाई (भिडियोसहित)

काठमाडौं– बिकाश लामिछाने र बिना राउत बीचको अन्स्क्रिन रोमान्सलाई प्रस्तुत गरिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।
टिका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। भने, भिडियोमा दिन्सन शाहले सम्पादन गरेका छन् ।
केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको सो गीत संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो दर्शक श्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।
भिडियो लिंक: