‘बिकास र बिपतमा जनतालाई साथ दिएका छौ’– पूर्वमन्त्री बस्नेत

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेसले संधै जनताका बिकास र बिपत्तिमा साथ दिदैं आएको काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले उद्घोष गरेका छन् ।
शुक्रबार नेपाली काँग्रेस सिन्धुपाल्चोको निर्वाचन क्षेत्र १ को प्रदेश सभा ‘ख’ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे नेता बस्नेतले यस्तो बताएका हुन् ।
२०७१ सालको बिनाशकारी जुरे पहिरो, जम्बु पहिरो, नाकुचे पहिरो, मेलम्ची बाढी, २०७२ सालको भूकम्प लगायत सिन्धुपाल्चोकमा भएका प्राकृतिक बिपत्तिको स्मरण गर्दे बस्नेतले उक्त घटनामा सिन्धु काँग्रेसले पीडितलाई उद्धार, राहत र पुर्नबासमा उल्लेखनीय काम गरेको बताए ।
कोभिड–१९ बाट जनतालाई बचाउन जनचेतनामूलक कार्य गर्दै कोरोना प्रतिरोधात्मक स्वास्थ सामाग्री बितरण, कोभिड बिरुद्ध प्राणवायु बितरण, आईसोलेसन, क्वारेन्टाइन निमार्ण, कोभिड संक्रमितलाई निशुल्क एम्बुलेन्स सेवा, उपचार गर्दे सिन्धु नागरिकको जीवन रक्षामा निरन्तर लागेको पूर्वमन्त्री बस्नेतले जानकारी दिए ।
काँग्रेसले सिन्धुपाल्चोकमा मात्रै नभएर देशब्यापी काम गरेकाले कम्युनिष्टहरुले पनि आफू र काँग्रेसलाई मत प्रदान गर्ने नेता बस्नेतले बिश्वास ब्यक्त गरे । उनले काँग्रेसका स्थानीय नेतादेखि केन्द्रीय स्तरका नेता कार्यकर्तालाई जनताको भावना अनुरुप काम गर्न आग्रह गरे ।
काँग्रेसले गरेका कामका कुरा जनतामाझ पु-याउन र कम्युनिष्टहरुले गरेका गलत कार्यका बारे नागरिकलाई बताउन पनि उनले काँग्रेसीहरुलाई निर्देशन पनि दिए । तर काँग्रेसीहरुले जनताको सर्वोपरि हितमा काम गर्न काँग्रेसीहरुलाई सुझाव पनि दिएका छन् ।
सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्र अन्र्तगतका चारवटै प्रदेश सभाहरुले नेकाँको १४ औं महाधिबेनमा निर्वाचित काँग्रेस केन्द्रीय समिति, बागमती प्रदेश कार्यसमिति, पालिका, वडा स्तरमा बिजयीहरुलाई बधाई र सम्मान कार्यक्रम राख्दै आएको छ ।