बिनिप्रप सेवकाई नेपालद्वारा बालबालिकाहरुलाई न्यानो कपडासँगै खाना वितरण
निरोज तोलाङे, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका गोदामचौरस्थित खुशीको घर बालगृहमा बस्दै आएका एक सय ६ जना अनाथ तथा असहाय बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण साथै खाना खुवाउने कार्यक्रम गरिएको छ ।
अत्याधिक चिसो बढेपछि बिनिप्रप सेवकाई नेपालले सोमबार बालबालिकालाई न्यानो कपडा वितरण तथा खाना खुवाउने कार्यक्रम गरिएको हो ।
लाभान्वित सबै बालबालिकाहरु अनाथ तथा असहाय परिवारका हुन् । आर्थिक दुरावस्थाका कारण कष्टप्रद जीवन बाँचिरहेका उनीहरुलाई जाडोमा लगाउने कपडा अभाव थियो । न्यानो कपडा पाएपछि बालबालिका दंग परेका थिए । बच्चाका बुवाआमाले विनिप्रप सेवकाईलाई धन्यवाद दिएका छन् ।
चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन अनाथ तथा असहाय बालबालिकालाई जाडोमा न्यानो कपडा वितरणसँगै खाना खुवाइएको सहयोगी संस्था बिनिप्रप सेवकाइ नेपालका संस्थापक अध्यक्ष डा. चेत बहादुर खरेलले बताउनु भयो ।
विनिप्रप सेवकाईले आफनो स्थापनाकालदेखि नै आफ्नै स्रोतमा विभिन्न सामाजिक कार्यहरु गर्दैै आएको सेवकाईका संस्थापक डा. खरेलले जानकारी दिए ।